प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ नेकपा ९ एकिकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोनमा कुराकानी भएको छ । उनीहरुबिच वर्तमान समसामयिक राजनीतिक घट्नाक्रम लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।
यसैगरी विहिवार विहानै प्रधानमन्त्री प्रचण्डसँग नेकपा ९ एकिकृत समाजवादीका सम्मानित नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले भेटवार्ता गरेका छन् । बालुवाटार पुगेर विभिन्न समसमामयिक विषयमा उनले कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
यसरी नै नेपाल र प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विच बुढानिलकण्ठमा बुधवार साँझ ५ वजे छलफल भएको थियो । सो छलफलमा काँग्रेसका पदाधिकारीहरु,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्त ठाकुर सहभागी भएका थिए । समसामयिक राजनीतिमा छलफल के्रन्द्रित भएको बताइएको छ । यस्तै सुदुर पश्चिम प्रदेशमा समाजवादीका दीर्घ सोडारी र मधेशमा जसपाका सरोज यादव मुख्यमन्त्री रहेका छन् । केन्द्रमा नेपालको दल पनि सत्तासाझेदारीमा छ । सुदुरपश्चिममा एकिकृत समाजवादीलाई एमाले र माओवादीलाई विश्वासको मत दिए पनि सरकारमा सामेल भने भएको छैन् । जसपा अध्यक्ष यादव मधेशको सरकार जोगाउने दौडमा छन् । यसको लागि मधेशको गठवन्धनमा लोसपालाई सरिक गराउने प्रयासरत छन् ।