काठमाडौं ।चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ।
चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो।
दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको बस र विपरीत दिशातर्फ आइरहेको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ।