
पोखरा ।पोखरामा जारी युवा संघको दशौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया आइतबार बिहान ७ बजेसम्मका लागि स्थगित भएको छ ।
महाधिवेशन अन्तर्गत शनिबारका लागि मनोनयनको कार्यतालिका थियो । तर, महाधिवेशनस्थलमा भएको नाराबाजीबीच सर्वतसम्मतको प्रयास असफल भएपछि आइतबार बिहान ७ बजेमात्रै मनोनयको लागि समय तोकिएको हो ।
वर्तमान कार्यसमितिका अध्यक्ष थेवे र महासचिव पुरी बिच नेतृत्वका लागि दावी भएकोले सर्वसम्मत हुन सकेन् ।
क्षितिज र सुमनलाई राखेर युवा संघ इन्चार्जसमेत रहेका पूर्वअध्यक्ष राजीव पहारीलगायतले प्रयास गरेका थिए । तर, उक्त प्रयास असफल भएको छ ।
क्षितिजको नाममा सर्वसम्मत गर्न दबाब दिएपछि सुमन समूहले पनि निर्वाचनको माग गरेको हो । सुमनले प्रतिनिधिलाई आफ्नो नेतृत्व छान्ने अधिकार हनन् नगर्न माग गरेका हुन् ।
सहमति नजुटेसँगै क्षितिज र सुमनबीच मतदानमा जाने निश्चितजस्तै भएको छ ।
मतदान गराउन ४५ वटा मेसिन पनि पोखरा सभागृहमा ल्याइसकिएको छ । अब क्षितिज र सुमन समूहको प्यानलै मतदानमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन् ।