
काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गतको शनिबार (वैशाख ६)को खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द हुँदा नेपालको यात्रा रोकिएको छ ।
अफगानिस्तानले यू–१९ विश्वपकपमा स्थान बनाएको छ ।समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७-७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान छनोट भएको छ। आज विहान भएको वर्षाका कारण मैदान करिब ५ घण्टासम्म सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ।






