इटहरी । चैत्र १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीको विशेष ब्यूरोले झापाको काँकडभिट्टा हुँदै भारतमा पुगेर प्रसाईंलाई नियन्त्रणमा लिएको हो । भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट भद्रपुरको चन्द्रगढी विमानस्थलतर्फ लगिएको स्थानीय संचारकर्मी पर्वत पोर्तेलले जानकारी दिए ।
पोर्तेलका अनुसार प्रहरीको विशेष ब्युरोको टोलीले स्कर्टिङ गरी शुक्रबार विहान भद्रपुर विमानस्थलतर्फ लगिएको हो । उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गरिएको छ । बुद्धको ११ बजेको उडानमार्फत काठमाडौं लगिने बताइए पनि निश्चित भइसकेको छैन् ।
झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रसाईलाई पक्राउ गरेको सुन्नमा आएको बताए । प्रसाईं पक्राउ परे नपरेको बारे नेपाल न्यूज बैंकसँगको जिज्ञासामा अधिकारीले भने, ‘प्रसाईं पक्राउ परेको सुन्नमा आएको छ ।’