
धूलिखेल,काभ्रे । काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त (पहिलो चरण) समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने बताएका छन्।
उक्त कार्यक्रममा सम्बोधन गर्दै रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढंगले सरकार अघि बढ्ने बताएका हुन्।
‘अब जब दिने शिक्षा दिने हैन। जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढंगले जब दिने शिक्षातर्फ अघि बढ्का छौं, यसका निम्ति केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्,’ केयूका कुलपतिसमेत रहेका उनले भने।
नेपालको शिक्षा ब्यवहारीक र प्राविधिक सहित जीवनपयोगी बनाउन त्यहि अनुसारका पाठ्यक्रम निर्माण गर्न विश्वविद्यालयलाई सुझाव दिए । विद्यार्थीहरुले पनि नेपाल र नेपालीहरुका लागि राष्ट्रियता, आवश्यकता र आयआर्जन उन्मुख कार्यमा सहभागि हुन कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरुलाई अनुरोध गरे । ‘विद्यार्थीको आचारण, नैतिकता र सोँच सकारात्मक हुनुपर्छ,’ उनले भने, ‘विद्यार्थी मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय र म्यानरतावादी हुनुपर्छ, सफलताका लागि अझ परिस्कृति म्यानर मिसाउनुपर्छ।’ उनले भने ।
उपकुलपति भोला थापाले सही सीप, प्रतिष्ठित डिग्री र बलियो मानसिकताबाट सुसज्जित भएकाले उच्च शिक्षामा न्याय र समानताका लागि महत्वपूर्ण कोसेढुङ्गा बनिरहेको बताए ।
भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी.एन.सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागितामा उक्त हुने समारोह आयोजना गरिएको हो ।




