काठमाडौ । काठमाडो महानगरपालिकाको शिक्षा शाखाले सोमबार १३ वटा सामुदायिक विद्यालयका १७५ वटा सटरमा ताला लगाएको छ ।
भाडामा लगाएका ति सटरहरुमा जुद्धोदय माध्यामिक विद्यालय ठमेलका ४६ सटर,रत्नराज्य मावि बानेश्वरका ११ वटा सटर,कन्या मन्दिर मावि,न्होखाका ३६ सटर,जनकल्याण मावि बौद्धका १४,महेन्द्र मावि,बोद्धका २० वटा सटर,गुह्रेश्वरीको मंगलादेवी माविका १२ सटर पशुपति मित्र मावि चावहिलका ३६ वटा सटर लगायतमा ताला लगाएको जनाइएको छ ।
यसैगरी शितला मावि वोहराटार,शिवपुरी मावि महाराजगञ्ज,नव जागृति मावि वोहोराटार,रुद्रमति आधारभूत विद्यालय देवीनगर,झोंछेस्थित विद्योदय मावि लगायतले भने भाडामा लगाएका सटर आफैंले बन्द गराएका थिए । आक्ष्तवार शहीद शुक्र मावि,पद्योदय माजि,विजय स्मारक माजि र पद्मकन्या मावि डिल्लिबजारमा भाडामा लगाइएको सटरमा महानगरले ताला लगाएको थियो ।
ताला लगाइएको चावी विद्यालयका प्रधानाध्यापकलाई नै बुझाइएको जनाइएको छ । विद्यालयमा ब्यवसाय गर्न नदिने महानगरको योजना रहेको छ ।