
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली हाल संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।
प्रधानमन्त्री ओलीले यूएसआईडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गरेका छन् ।
यस बिचमा उनले भारतीय समकक्षी मोदी,भुटानका प्रधानमन्त्री,कतारका राजकुमार लगायतका विशिष्ठ ब्यक्तिहरुसँग भेटेर आपसी सम्बन्धलाई पुर्नताजगी गरेका छन् । उनले राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायका उप–कार्यकारी प्रमुख निशा विस्वालसँग पनि भेट गरेका छन् ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा सोमबार सम्बोधन गरेका छन् । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भेटवार्ता पनि गरेका थिए । उक्त भेटवार्तामा विकासोन्मुख देशहरूलाई आर्थिक सहयोग बढाउन र विकास कोषमा सरल पहुँचका लागि अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो सुधारमा जोड दिए ।नेपालको संक्रमणकालिन न्याय टुग्याँउने प्रतिवद्धता व्यक्त गरेका प्रधानमन्त्री ओलीसँग महासचिवले वातावरण जोगाउन,जलवायु परिवर्तनको एजेण्डा विषयमा समेत छलफल गरेको बताइएको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै क्षतिपूर्ति दिनुपर्ने विषय उठाएका थिए ।


