काठमाडौँ । गए रातीदेखिको अविरल वर्षाको कारण देशका ३१ स्थान भन्दा बढी ठाउँमा भारी वर्षा भइरहेको छ ।
भारी बर्षाले त्यस क्षेत्रमा खोला तथा नदीमा भीषण बाढी आउँन सक्ने चेतावनी जारी गरिएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाका अनुसार यतिबेला देशमा विभिन्न ३१ स्थानमा भारी वर्षा भइरहेको छ ।
प्युठानको मारी नदी, बिजुवाटार, हंशपुर, बाँकेको पश्चिम राप्तीको कुसुम, गुल्मीको रुद्रबेनी, बडीगाड, पाल्पाको कुमालगाउँगैडाकोट,बल्ड्याङगढी, जाल्पा, अर्चले, दाङको घोराई, सुखाबरे, रातामाटा, गंगढी, लमही, बागसोती पर्वतको कार्कीनेटा, नवलपुरको डण्डा, देउराली नवल, अर्घाखाँचीको सन्धीखर्क, स्याङ्झाको पञ्चमुल, मलुङ्गा, लमजुङको कुन्छा, राइनासटार, ललितपरको लेले, पर्साको मुडुली पर्सा, अर्घाखाँचीमा भीषण वर्षा भइरहेको पनि शाखाले जनाएको छ /
ठुला नदीहरू तर्फ नारायणी र बागमतीमा बाढीको जल सतह बढेको पनि जनाइएको छ । बुटवलमा तिनाउ खोला,सङ्खुवासभाको किमाथांकामा अरुण नदी,लमजुङको विमल नगरमा मर्स्याङ्दी नदी लगायतका खोला र नदीहरुमा पानीको सतह बढ्ने क्रम जारी रहेकोले सावधान रहन पनि अनुरोध गरिएको छ ।