rain
काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबार साँझदेखि वर्षा सुरु भैरहेको छ ।
यससंगै देशका विभिन्न भागमा पनि वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो ।
बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यो प्रि नसुन प्रणाली सक्रिय भएको संकेत हो। अब विस्तारै मनसुन प्रणाली सक्रिय हुँदै जानेपनि महाशाखाले जनाएको छ।