काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जबुधबार बिहान बुलेटिन जारी गर्दै कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।