
काठमाडौ । चलचित्र ‘छक्कापञ्जा ५’को पहिलो गीत सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक भएको ‘बिहे भाको छैन’ बोलको गीतको भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता दीपकराज गिरी र अभिनेत्री वर्षा शिवाकोटी फिचर्ड छन्।
उक्त गीतको भिडीयोमा सुनिल क्षेत्रीको कोरियोग्राफी गरेका रहेको छ ।
दीपकराज गिरी र दीपक शर्माको शब्दमा सविन सुवेदी र बेनिशा पौडेलले स्वर दिएको उक्त गीतमा दीपक शर्माको संगीत निर्देशन रहेको छ ।
चलचित्र छक्कापञ्जा ५ को निर्देशन दिपाश्री निरौलाले गरेकी छन् भने यस चलचित्रका मुख्य कलाकारमा दीपकराज गिरी,बर्षा शिवाकोटी,केदार घिमिरे लगायत रहेका छन् । चलचित्र आउँदो दशैमा प्रदर्शनीमा आउँने निर्माण पक्षले जनाएको छ ।








