
काठमाडौं । अष्ट्रेलियाले विदेशी विद्यार्थीको सङ्ख्यामा पुनः कटौती गरेको छ ।
अष्ट्रेलियाले नयाँ निर्णयअनुसार सन् २०२५ मा दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई मात्रै अध्ययन भिसा दिनेछ ।
यसअघि पनि यस्तै निर्णय गरी अष्ट्रलियाले आप्रवासी विद्यार्थी नियन्त्रणको नीति लिएको थियो ।
अन्तर्राष्ट्रिय शिक्षा अष्ट्रेलियाको चौथो ठूलो व्यवसायिक क्षेत्र हो । आर्थिक वर्ष सन् २०२२–२०२३ मा अर्थव्यवस्थामा यस क्षेत्रको योगदान ३६.४ अर्ब अष्ट्रेलियन डलर थियो ।विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूका लागि अष्ट्रेलिया मुख्य रोजाइमा पर्ने गरेको छ ।अष्ट्रेलियामा पढ्न जाने विदेशी विद्यार्थी नेपाली तेस्रो नम्बरमा आउँछन् । प्रतिशतको हिसावले त्यो ८ प्रतिशत हुन आउँछ ।
संख्या कटौती गर्ने अष्ट्रेलियाको नयाँ निर्णयबाट नेपाली विद्यार्थीहरूमा पनि असर पर्नेछ ।





