काठमाडौं । नेपाली कांग्रेसका नेता डा.. शेखर कोइरालाले नेपालको शिक्षा र स्वास्थ्य महंगो भएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको उनको भनाई थियो।
‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेसन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो र अब पढ्नै नजाने अवस्था भइसक्यो । सरकारी क्याम्पसहरूमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ । स्वास्थ्यको हेर्दा पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ । यसमा सरकारको ध्यान जानु पर्दछ ।’