काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ ।
मन्त्रिपरिषदको बैठकबाट नौबुँदे सहमति निर्णय गर्ने र यो अधिवेशनबाट ऐन पास गर्ने सहमति भएको उनले जानकारी दिए ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षा मन्त्री रघुजी पन्त, संसदको शिक्षा समितिका सभापति लगायतका सरकारी पदाधिकारीहरुको सहभागिता थियो भने आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी लगायतका प्रतिनिधिहरु सहभागी थिए।
बैठकमा शिक्षक आन्दोलन रोक्ने सहमति भएको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।
“वार्ता सकारात्मक भएको छ, शिक्षक आन्दोलन रोक्ने सहमति भएको छ,” उनले भने ।सिंहरदरबारमा भएको वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
अहिले वार्ताबाट मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागिताका लागि गएको हुनाले आन्दोलनरत शिक्षकले उनीहरुलाई पर्खिएको शिक्षा समितिका सभापति थापाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेपछि आन्दोलनरत शिक्षकहरुले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।