पोखरा । पोखरा महानगरपालिकाले आगामी बुधबारसम्ममा सम्पूर्ण सामुदायिक विद्यालयमा पठनपाठन नियमित गर्न सरोकारवाला पक्षलाई आग्रह गरेको छ ।
पोखरा महानगरको शिक्षा महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयहरूलाई दुई दिनको समयसीमा दिएको हो ।
नेपाल शिक्षक महासंघको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएको उल्लेख गर्दै उसले भनेको छ- ‘पोखरा महानगरपालिका, नगर शिक्षा समितिको मिति २०८२–०१–१४ गतेको निर्णयानुसार यही मिति २०८२–०१–१७ गतेसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्ने निर्णय भएकोले सोही मितिसम्ममा पठनपाठन नियमित रूपमा सञ्चालन गर्न गराउनुहुन अनुरोध छ ।’