
काभ्रे । पनौती रयाले/न्यू राइजिङ ईङ्गलिस सेकेन्डरी स्कुलको ३० औ वार्षिकोत्सब, अभिभावक दिबस, एसईई उतिर्ण सम्मान, तथा स्काउट दिक्षान्त कार्यक्रम पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बेद प्रसाद सापकोटाको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा पनौती नगरपािलका उप प्रमुख गिता बन्जारा, प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेल, प्याब्सनका बरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, सञ्चालक समितिका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष गुणनाथ सापकोटा, पुर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रदिप सापकोटा, विद्यार्थी सोनि तामाङ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयको

बार्षिक प्रतिबेदन प्रिन्सिपल विमल न्यौपानेले प्रूस्तुत गरेका थिए । न्यौपानेले विद्यालयलाई ६ वर्षअघिदेखि नै डिजिटल प्रविधिबाट सञ्चालन गरिरहेको भन्दै विद्यालयको सम्पुर्ण गतिबिधि अभिभावक र विद्यार्थीहरुले विद्यालयको एप बाट हेर्न सकिने, स्मार्ट वोर्ड बाट कक्षा सञ्चालन गरिरहेको बताए ।
त्यसै गरी विद्यालयबाट हाल सम्म ३ सय २७ सय जना विद्यार्थीहरुले एसईई उतिर्ण भई विभिन्न क्षेत्रमा कार्यरत रहेका, विद्यालयलाई शिक्षा दिबसका अबसरमा पनौती नगरपालिका बाट उत्कृष्ट विद्यालय सम्मान गरीएको, एसई ई मा सहभागी भएदेखी हाल सम्म कुनै पनि विद्यार्थीहरु फेल नभएको, प्याब्सनबाट उत्कृष्ट नतिजा ल्याएकोमा सम्मानित भएको, संगित, आर्ट, नृत्य, स्काउटका कक्षाहरु सञ्चालन गरिरहेको, विद्यालयको ब्यबस्थीत क्यान्टीन सञ्चालन रहेको बताईएको थियो ।

विद्यार्थीहरुलाई पढाई सगै उनिहरुलाई ब्यबहारीक शिक्षामा जोड दिदै आएको न्यौपानेले बताए । कार्यक्रममा शैक्षिक सत्र २०८१ मा ६ सय भन्दा बढी विद्यार्थीहरुले अध्यापन गरिरहेका, स्वदेश तथा विदेशमा टिक्ने र विक्ने शिक्षा प्रदान गर्दे आएको प्रिन्सिपल न्यौपानेले बताए । कार्यक्रममा एसईई २०८० मा उतिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कक्षा ७ मा स्काउट कक्षा लिएका विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । त्यसै गरी विद्यालयले स्थापना देखीका पुर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र प्रिन्सिपलहरुलाई सम्मान गरेको थियो ।
Enter





