सुनसरी । नेपालस्थित शम्स एकेडेमी स्कूलका संस्थापक निर्देशक तबरेज आलम अन्सारीको अध्यक्षतामा दिल्ली, भारतबाट विशेष अतिथिको रूपमा आमन्त्रित प्रो. एस.एस.डोग्राले शम्स ग्लोबल पुस्तकालयको शिलान्यास गर्नुभयो। स्वागत भाषणमा तबरेज आलमले आफ्नो बुबा शम्सुल हकको क्षेत्रीय समाजलाई शिक्षित गर्ने सपनालाई पूरा गर्न वर्षौंदेखि काम गरिरहेको उल्लेख गर्नुभयो।
प्रो. डोग्राको मार्गदर्शनमा दिल्ली ,एनसीआरमा चारवटा पुस्तकालयहरू पहिले नै स्थापना भइसकेको, यद्यपि यो नेपालमा उनले स्थापना गरेको पहिलो पुस्तकालय हो। आफ्नो सम्बोधनमा प्रो.डोग्राले नेपाली शिक्षक र बालबालिकाको शैक्षिक, मानसिक, बौद्धिक विकासको उद्देश्यले शम्स ग्लोबल पुस्तकालयको लागि आफ्नै लेखिएका पाँच पुस्तकहरू सहित १२ जना भारतीय लेखकहरूका ३० भन्दा बढी हिंदी, अंग्रेजी र उर्दू पुस्तकहरू ल्याएको घोषणा गर्नुभयो।
होस्ट स्कूलका विद्यार्थीहरूले नेपालको राष्ट्रिय गान गाएर कार्यक्रम सम्पन्न गरेका थिए। विद्यालयका प्राचार्य मोहम्मद रियाज मन्सूरी, उपप्राचार्य शोएब अन्सारी, वरिष्ठ शिक्षक अब्दुल सत्तार, शिक्षकहरू गुलशन खातुन, रुबिना खातुन, इफत, ओहिदा, अर्चना कुमारी मण्डल, सुनिधि स्वर्णकार, स्थानीय युवा पत्रकार मोहसिम अन्सारी, माजिद र स्थानीय समाजसेवी अब्दुल्लाहको साथै विद्यार्थीहरु समेतको उपस्थिति थियो ।