काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको पाठ्यक्रममा व्यापक परिमार्जनको तयारी गरेको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरूसँग छलफल गर्ने भएको छ । असोजको दोस्रो साता विज्ञहरूसँग छलफल गर्न लागिएको शिक्षामन्त्री विद्या भट्टराईले बताइन् ।
पाठ्यपुस्तक भन्दा पनि पाठ्यक्रमलाई व्यवहारिक बनाउन परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । त्यसका लागि परिमार्जनको आधार पहिचान गर्न विज्ञहरूसँग छलफल गर्न लागिएको मन्त्री भट्टराईले बताइन् ।
सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनपर्नेमा शिक्षामन्त्रीको जोड थियो ।