काठमाडौं । नेप्से परिसूचक आज मंगलबार ३५.७३ अंकले घटेको छ । नेप्से परिसूचक २६५८.९३ विन्दुमा बन्द भएको छ ।
६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । हिजो सोमबार नौ अर्ब २२ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
३४ कम्पनीको सर मूल्य बढेको छ । २१४ कम्पनीको सेयर मूल्य घटेको छ । पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।