आज भन्दा २६०० वर्ष अघि बुद्धकालिन समाज अत्यन्तै अस्त व्यस्त, तिव्र जातीय भेदभाव, अपराध एवं नैतिक र्हास तथा मिथ्या दृष्टिले व्याप्त थियो । महिला शोषण एवं दास,दासिको रूपमा मानव बेचबिखन व्याप्त रही मानव जीवनको दारूणिक अवस्था चरम उत्कर्षमा रहेको थियो । गरिव र धनीको रूपमा मानव समाज विभाजित रही आर्थिक असमानताको स्थिति जर्जर रहेको थियो । यस्तो बिषम तथा विसंगतिपूर्ण मानव समाजमा सुखमय जीवन निर्वाहको लागि राज्य एवं बैयक्तिक रूपले गर्नुपर्ने आर्थिक कर्तव्य तथा त्यससँग सम्बन्धित क्रियाकलापको बारेमा बुद्धद्वारा देशना गरेको प्रसंग त्रिपिटकमा भेटिन्छ ।
शाक्यमुनि बुद्धद्वारा बुद्धत्व लाभ पश्चात् अरहत लाभ ६१ जना भिक्षुहरू संघमा आवद्ध भएसँगै बुद्धबाट चरथ भिक्खवे चारिकको सम्बोधन गर्दै बहुजन हिताय, बहुजन सुखायको लागि ४५ वर्षसम्म अनरवतरूपमा धर्म देशना भयो । यसै क्रममा बुद्ध शिक्षामा विभिन्न प्रसंग तथा घटनाक्रममा गृहस्थी जीवनमा मानिसको नैतिक चारित्रिक परिशुद्धता सहित आर्थिक पक्षको व्यवस्थापन तथा महत्व जोडि धर्मदेशना भएको देखिन्छ । गृहस्थी जीवनमा सम्पत्तिको उत्थान सहित मानव जीवन सुखमय रहनको लागि आर्थिक सवलताले जीवनयापनमा आइपर्ने विविध आवश्यकता परिपूर्तिको लागि सहज गर्न प्रमुख भूमिका निर्वाह गर्ने प्रसंग जोडि शीलको पालना गदै कुशल मार्गमा जीवनलाई दोह¥याउनु नै बुद्ध शिक्षाको परम महत्व रहेको यथार्थता जगजाहेर भएको सन्दर्भमा म,मेरो भन्ने अह्म तथा स्वार्थी मानसिकतालाई परित्याग गरी काय, बचन र मनले सत्वप्राणी प्रतिको करूणा भावलाई बढाउँदै नैतिकरूपले पनि स्थापित हुनुको बिकल्प छैन । नैतिक आचरण कायम गरी आफ्नो आर्थिक क्रियाकलापबाट अरूप्रति हानि नोक्सान नपुर्याई अर्थोपार्जन गरी जीवनका आवश्यकता परिपूर्ति गरिनुको साथै सहि रूपले आर्थिक सम्पतिको उपभोग गर्न सकिएमा जीवन आनन्दमयी तथा सुखी रहने तथ्य बुद्ध शिक्षामा पाइन्छ ।
अत मानव जीवनमा आईपर्ने अधिकांश समस्याहरूको समाधान एवं सफल जीवन निर्वाहका लागि आर्थिक सवलताको भूमिका अत्यधिक प्रवल हुने भएकोले सोको प्राप्ति नै मूलध्येय राखी हुने,नहुने, वैध,अवैध, नैतिक,अनैतिक परवाह नगरी अर्थ संकलन गर्नु बुद्ध शिक्षामा ग्राह्य छैन । बुद्ध शिक्षामा सार्थक मानव जीवनको लागि नैतिक आचरण वा शीलको ठूलो महत्व रहेको हुन्छ । तसर्थ जीवनलाई सहज र सुखमयी बनाउनु नै गृहस्थी जीवनको सुन्दर पक्ष रहेको कारण आर्थिक उन्नतिको खातिर गरिने क्रियाकलाप वा व्यवसाय अवलम्वनमा शीलको पालना गर्नु जीवनको प्रमुख कर्तव्य हुन आउँछ । कर्म अनुरूप फल पाउने भएबाट राम्रो काम गरी राम्रो फल प्राप्तिको लागि देहायका शीलको पालना गर्दै अर्थाेपार्जनका क्रियाकलाप गर्नु बुद्ध शिक्षाको न्युनतम आधार हो ।
क) सम्यक आजिविका ग्रहण
मानिसले गृहस्थी जीवनमा बाँच्नको लागि अर्थाेपार्जन कार्य गर्नुपर्ने भएबाट आफ्नो जनजीवन निर्वाहको लागि अरूलाई हानि तथा नोक्सानी नहुने गरी व्यवसाय वा काम वा उद्योग व्यापारधन्दा सञ्चालन गरी जीवनयापनका आवश्यकता परिपूर्ति गर्नुपर्छ भनी बुद्ध शिक्षाले निम्न पाँचवटा बुँदालाई कडाईका साथ पालना गर्नुपर्छ भनी उल्लेख गरेको छ । जसलाई सम्यक आजीविका भनिन्छ । तसर्थ शस्त्रको व्यापार,सत्वजीवको व्यापार,मासुको व्यापार,मद्यको व्यापार, बिषको व्यापार जस्ता ५ वटा व्यापार गर्नु उपासकको निम्ति अनुचित हुन्छ भनी वणिज्जा सुत्तमा उल्लेख गरिएको छ ।–
जीविकोपार्जनको लागि आर्थिक तथा सम्पत्ति जोहको खातिर व्यवसाय अपनाउँदा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट अरू सत्वप्राणी माथि हानि वा नोक्सान हुने कार्य गर्नु अपराध ठहर्छ । त्यस प्रकारको अपराधजन्य कार्यबाट जीविकोपार्जन गर्नु भनेको मिथ्या आजिविका हो । हिंसा वा मासुको लागि प्राणी व्यापार गर्नु ,हत्याको उद्देश्यलाई सघाउने, शस्त्र-अस्त्रको व्यापार गर्नु ,विष आदि प्राणीलाइ हानी गर्ने पदार्थको व्यापार गर्नु, मदिरा लगायत नशालु पदार्थको व्यापार गर्नु, मानिसको व्यापार (किनबेच) गर्नु अथवा मानव बेचबिखन गर्नु सबै निषिद्ध आजिविका हुन ।
अतः यस संसारमा अस्तित्वमा रहेका प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी भएकोले मनुष्य भएर जन्मनु नै दुलर्भ मानिन्छ । मानिस भएर जन्म लिएपछि सुगति सहित निर्माण पथमा अघि बढनु नै दुःख मुक्तिको बाटो भएकोले आफ्नो जीविका निर्वाहको लागि आवश्यक आर्थिक क्रियाकलापबाट अरूको हानि,नोक्सानी नहुने गरी श्रममा विश्वास भई दत्तचित्त भएर कार्य गर्नुपर्छ ताकि ठगेर, लुटेर, मारेर, चोरेर आवश्यकता पूर्ति गर्नु भनेको दुर्गति मार्गमा लम्कनु हो ।
ख) पञ्चशीलको पालना
गृहस्थीबाट जीवनको पांग्रालाई अघि बढाउने क्रममा नैतिकता पनि स्थापित गर्नुपर्ने भएबाट नैतिकवान मनुष्य भएर बाँच्नको लागि निम्न पाँच बुँदा अनिवार्य रूपले पालना गर्नुपर्ने आधार बुद्ध शिक्षाले दिएको छ । गृहस्थीहरूको आचरण परिशुद्धको लागि नभई नहुने वारित्रशीलको रूपमा पञ्चशीललाई लिएको छ । यसको पालना गर्नु मानवको न्यूनतम व्यवहार हो ।
१. प्राणी हिंसाबाट विरत हुने ।
२. नदिएको नलिने (चोरी ठगीबाट अलग हुने) ।
३. व्यभिचारबाट अलग हुने ।
४. झूठ्ठो कुराबाट अलग हुने ।
५. सुरापान आदि नशालु पदार्थबाट अलग हुने ।

पञ्चशीलको ग्रहणले घुसखोरी, ठगी धन्दा मारकाट, चोरी डकैति लुटपाट बलात्कार जस्ता अपराध र भ्रष्टाचारबाट मुक्त नैतिक सुचरित्रले परिपूर्ण मानव सभ्यताको उच्च स्थानमा रहेको सुन्दर शान्त समाजको निर्माण हुन्छ । नैतिक सुचरित्र स्थापित गरी सीप र श्रममा विश्वास गरी मेहनती भएर जीवन जिउनु पर्दछ भनि पञ्चशील पालनाले उत्प्रेरित गर्दछ । देश तथा राज्यमा विश्वास, मैत्री तथा करूणा फैलिन्छ ।
जसले अरूलाई मारेर चोरेर लुटेर ठगेर झक्याएर तर्साएर वा झुठ्ठो बोलेर सम्पत्ति हनन गर्छ त्यस व्यक्तिलाई निच (बसल) भनेको छ तसर्थ मानिस जातले होइन कर्मले उच्च र निच हुन्छ भनी बसल सुत्तमा उल्लेख गरिएको छ । कर्मलाई जोड दिएर श्रममा विश्वास गरी शील्प विद्यामा पारंगत भएर शीलवान भई नैतिक धरातलमा उभि व्यवसाय गरी जीवन निर्वाह गर्नु पर्नेमा जोड दिएको छ ।

ग) हिरी र ओतप्प
मनष्यको चेतनास्तरबाट आफ्नो स्वार्थ पूर्तिको लागि अरू माथि घाट गर्ने प्रवृत्ति हावि रहेको सन्दर्भमा काय, वचन र मनबाट नै त्यस प्रकारको दुष्कर्म कार्यमा भय (डर मान्ने) लाई ओतप्प भनिन्छ । त्यसै गरी काय, वचन र मनबाट नै दुष्कर्म कार्य वा अकुशल कार्य गर्नमा लज्जा (लाज हुनु) लाई हिरी भनिन्छ । आफ्नो जिविका निर्वाहको लागि काय, वाक तथा मनबाट अर्काको हानि वा नोक्सानी गर्नु अकुशल कार्य हो । त्यस प्रकारको दुशिल तथा दुष्कर्म गर्नु भनेको पाप हो । जीविकोपार्जनको सन्दर्भमा आर्थिक पक्षको सवलता हासिल गर्ने अर्थमा हिरी र ओतप्पको ख्याल गरेमा धन हुनुको गर्व तथा शान उच्च रहनुका साथै “जोसँग यी हिरी र ओतप्प जस्ता गुण हुन्छ उ दरिद्र हुँदैन र जीवन सफल हुन्छ ।” त्यसै गरी लाज र (पाप) भिरू सम्पन्न भई यी सबैमा गौरभ गर्ने हुन्छ भने उ पतन हुनु भनेको असम्भव हो । अनि निर्वाणको नजिक पुग्ने हुन्छ ।सप्त आर्यधन तथा बुद्ध गुणका १५ आचरण मध्येको हिरी र ओतप्पले युक्त स्वभाव तथा व्यवहारद्वारा आर्जित धनमा गौरव तथा शान रहनुका साथै सो धनको आर्जनबाट कहिले पश्चाताप गर्नु पर्दैन । जीवन जीउन गरिने आर्थिक क्रियाकलाप हिरी र ओतप्प भएमा समाजमा विश्वास रही अनैतिक कार्यको दुर्गग्ध समेत रहदैन ।

निष्कर्ष
जीवन जीउने क्रममा शीलवान, नैतिकवान सहित कुलश कर्ममा विश्वास गरी अगाडि बढेमा मनुष्य जीवन सुखी तथा आनन्दित हुन्छ । आफ्नो इच्छा र स्वार्थमा अरूप्रति हानि तथा नोक्सान गरी स्वार्थ परिपूर्ति गरी जीवन निर्वाह गरेता पनि सोबाट प्राप्त आनन्द क्षणिक भई दीर्घकालसम्म पश्चाताप हुने गर्छ । साथै उक्त गलत (अकुशल) कर्मको फल पनि कठोर तथा अप्रिय भई दुर्गती मार्ग हुँदै अपाय गतिमा समेत पुग्ने भएको यथार्थ नै बुद्ध शिक्षा हो । गृहस्थी जीवनयापनको क्रममा सफल तथा सुखदायी आनन्दित जीवनयापनमा आवश्यक आर्थिक सवलता प्राप्तिको खातिर सीपयुक्त इमान्दार मेहनती, परिश्रमि भई सम्यक आजिविका सहितको आर्थिक क्रियाकलापको आवश्यकता बोध गरेको छ । गृहस्थी जीवनमा आवश्यक आर्थिक सवलतासँगै पुण्य सञ्चय गदै कुशल मार्गमा हिड्नु नै बुद्ध शिक्षाको उपादेयता रहन गएको वास्तविकतालाई हृदयगमन गरी उचित आर्थिक उन्नति तथा सोको व्यवस्थापन गरी स्वावलम्बी सहित कर्तव्य बोध भई जीवन जिउनु नै सुखी तथा आनन्दित जीवन हो ।
म,मेरो भन्ने आफ्नो स्वार्थको कारण मनुष्यबाट अकुत सम्पत्ति जम्मा गर्ने क्रममा आर्थिक अपराध तथा भ्रष्टाचारजन्य कार्य तिव्ररूपमा वृद्धि भइरहेको वर्तमान समय तथा परिस्थितिमा पनि बुद्धद्वारा देशित आर्थिक सन्दर्भका विषयहरू अत्यन्त सान्दर्भिक रहि उर्जाशिल, मननयज्ञ तथा नैतिकता स्थापनार्थ महत्व रहेको छ ।

Historical journal vol. 15, No. 1, March. 2024, Department of History and Buddhist Studies, Patan Multiple Campus मा प्रकाशित आर्थिक सवालमा बुद्ध शिक्षाको महत्वमा आधारित लेख हो ।