काठमाडौ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना स्थगित भएको छ।
नेपाल सरकार र अमेरिकाबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो।
अर्थ मन्त्रालयका अनुसार फागुन २ गते एमसीसीले इमेल लेखेर परियोजना स्थगित भएको अर्थ मन्त्रालयलाई जानकारी गराएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूमा गरिने आर्थिक सहयोगमा रोक लगाएसँगै एमसीसी परियोजना पनि प्रभावित भएको हो।
अर्थ मन्त्रालयले राष्ट्रपति ट्रम्पको २०२५ जनवरी २० को कार्यकारी आदेशबमोजिम एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको जनाएको छ।