
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका काम माघ १९ ९फ्रेबवरी १० देखि दुईघण्टा घट्ने भएको छ । कात्तिक २३ गतेदेखि सुरू भएको स्तरोन्नतिका काम करिब तीन महिनापछि ८ घण्टामा झर्ने भएको हो ।
कामसँगै कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द छ ।
माघ १९ देखि राति ११ देखि बिहान ७ बजेसम्म मात्रै बन्द हुनेछ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले जनाए अनुसार दुई घण्टा समय घटाए पनि स्तरोन्नतिका काम समयमै सकिने छ ।

