काठमाडौं| नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक बिहीबार ११ दशमलव १० अंकले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ बिन्दुमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो। सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ। त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ। अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो।
८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।
बैंकिङ ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशत घटे ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको शेयर किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार तीन सय ११ कित्ता शेयर खरिदबिक्री भएको छ ।