काठमाडौ । नेपालमा विदेशी मुद्रा सञ्चिति पछिल्ला केहि महिनादेखि बढीरहेको छ ।
गत बैशाख महिनासम्म १९ खर्व ४२ अर्ब ४० करोड पुगेको थियो । सोमबार राष्ट्रबैकद्धारा सार्वजनिक गरिएको बैशाख महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनले सो कुरा संकेत गरेको हो ।
रेमिट्याँन्उ आप्रवाहमा हुँदै आएकोले निरन्तर विदेशी मुद्रा सञ्चितिमा बृद्धि भएको जनाइएको छ ।
हालका दिनमा भएको पर्यटन आवागमनको केही बृद्धि,बस्तुको निर्यात,,बैेदेशिक ऋण तथा अनुदान,रेमिट्यान्स आदिले बैदेशिक मुद्रा बढ्ने कारण हुन् । तर पर्यटन बाहेक बस्तु निर्यात र सहायताको अबस्था हाल छैन् । यस अबस्थामा रेमिट्यान्स र पर्यटकको कारण बैदेशिक मुद्रा संचिति देखिएको हो । गत बर्षको तुलनामा यो बर्ष रेमिट्यान्स १९.०२ प्रतिशत बृद्धि हुँदा १ अर्ब २ करोड पुगेको हो ।
नेपाल राष्ट्र बैकका अनुसार गत बैशाखसम्म अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १४ अर्ब ५४ करोड पुगेको छ ।
यसले शोधान्तर स्थिति र चालु खाता निरन्तर बचतमा छन् ।ब्याजदर घटेको छ । सरकारी वित्तमा हेर्दा अपेक्षित पूँजीदर खर्च बढ्न सकेको छ्र्रैन् । राजस्व संकलन कमजोर बनेको छ । अर्थतन्त्र शिथिल छ । निजी क्षेत्रले लगानी विस्तारमा आँट गर्न सकेको छैन् । तीन तहका सरकारले विकास खर्च गर्न पाउने अबसरलाई सहि ढंगले सदुपयोग गर्न नसकेको अवस्था छ ।