
काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले अध्यागमनकार्यालय सम्वन्धीबाहिर नकरात्मकटिकाटिप्पणीहुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनकाबारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भएकुनै हालतले स्वीकार्य हुने बताए ।
विमानस्थलमाकार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उनले अध्यागमनकाकर्मचारीहरुलाई निर्देशन समेतदिए ।
‘अन्र्तराष्ट्रियविमानस्थल देशको ऐना हो ।आउने मान्छेले नेपाल हेर्ने यहीहो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँहो ।’
गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखीहुन जरुरी रहेको बताए ।
सो क्रममाअध्यागमकाकर्मचारीले अध्यागमनकार्यालयकालागिविमानस्थलभित्रठाउँको अभाव र कार्यालयकालागिभौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रमअनुसार तालिमप्रशिक्षणआवश्यक रहेको बताएकाथिए । अध्यागमनअनुगमनमागृहमन्त्री लेखकसंगै गृहसचिवगोकर्णमणिदुवाडी समेत विमानस्थलपुगेका थिए।



