फागुन १३, ध्यानका दुई मुख्य बाधाहरू आलस्य (थीनमिद्ध) र चञ्चलता-खेद (औद्धत्य-कौकृत्य) हुन्। पहिलो बाधा थीनमिद्ध हो जसमा हाम्रो चित्त निकै भारी, अस्पष्ट, बाक्लो र तन्द्राले भरिएको हुन्छ। यस्तो आलस्यमा एक प्रकारको भारीपन महसुस हुन्छ र स्पष्टताको अभाव हुन्छ। दोस्रो बाधा औद्धत्य- कौकृत्य हो, जसमा हाम्रो चित्त अति चञ्चलता वा खेदले भरिएको हुन्छ। हामीमा विगतका अनेक विचारहरू आउँछन् वा वर्तमानका विचारका लहरहरू पनि यति शक्तिशाली हुन्छन् कि हाम्रो मन शान्त भएर बस्नै सक्दैन।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ९५ बाट