पुष २२
खुसी हुनु र सुखद कुराहरूको आनन्द लिनुमा कुनै दोष छैन। सुखको अनुभव गर्नु आफैंमा गलत होइन। तर ती कुराहरूमा लिप्त हुनु र आसक्ति (राग) राख्नु भने गलत हो किनभने त्यही आसक्तिले नै दुःख निम्त्याउँछ। हामीले त्याग्नु पर्ने भनेको आसक्ति हो, जसलाई संसारको स्वभाव नै दुःख हो भन्ने यथार्थ बोध गरेर हटाउन सकिन्छ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ ७५ बाट