धम्मपद शृङ्खला -१९
यमक वर्ग
बहु पि चे संहितं भासमानो न तक्करो होति नरो पमत्तो ।
गोपो व गावो गणयं परेसं न भागवा सामञ्ञस्स होति ॥ १९ ॥
यदि शास्त्रहरूको प्रवचन गर्ने मानिस प्रमादवश तदनुरूप आचरण गर्दैन भने ,ऊ अरूका गाई गनेर रमाउने गोठालोजस्तै हुन्छ। ऊ श्रमण बन्न लायक हुँदैन ।