नव सूत्र अन्तर्गतको सद्धर्म ग्रन्थ मानिने तर विशेष गरेर वज्र महायान ( वज्रयान) सम्बन्धी गुह्य भावनाको विषयले भरिएका आर्य गुह्यसमाज तन्त्रमा भने विविध मांसको प्रयोगहरूको वर्णन गरेको पाइन्छ । गुह्यसमाज तन्त्रमा विविध मन्त्र, तन्त्र एवं देवदेवीको उत्पत्ति गरी ती अधिष्ठान गरिएका देव देवीलाई मद्य मांस अर्पण गरी पूजा गर्ने विधिहरू पनि उल्लेख गरेको छ । सो पूजाको महा प्रसादका रूपमा मांस भक्षण गर्ने बुद्धमार्गीका रूपमा दीक्षा प्राप्त वज्रमहायानी वज्राचार्यहरू र लामा गुरूहरू अग्र पंक्तिमा देखिन आएका छन् । धर्म समन्वयका दृष्टिले मांसभक्षी देवदेवीहरू जस्तै कि गणेश, वज्रवीर, महांकाल, अष्ट भैरव, अचल ( चण्डमहारोषण) गुह्येश्वरी, वज्रवाराही आदि सप्तमातृका, अष्टमातृकाहरू, डाक डाकिनी, यक्ष यक्षिणी आदि र अजिमा, छ्वास अजिमा, फुक्कसी, वेताली, घस्मरी, भूत, प्रेत पिशाच आदि समेतलाई शान्त गर्न, खुशी तुल्याउन गरिने पूजा आजा, जप, तप, आहुति, बलि आदिका प्रचलनलाई पनि यी वज्रचार्यहरूले धर्म समन्वय एवं तद् तद् परम्परामा विश्वस्त जन समुदायलाई आफ्नो बुद्ध धर्ममा आर्कषण गर्न तदनुरूप नै चली नंग र मासु जस्तै सबैसँग मिली बस्ने प्रयास गरेको देखिन्छ । वज्रयानीहरूको यस प्रकारका यी कृयाकलापलाई उनीहरूको उच्चतम् समन्वयात्मक कदम मान्नुपर्छ । “बुद्धो भवेयम् जगतो हितायु” र “सर्वप्रकारं जगतो हितायु” भन्ने बुलन्द आवाज घनकाई परात्म समता भाव अंगाली सबैलाई आफू सम्झेर तत्कालीन समाजमा प्रचलित सबै रितिस्थिति पूजा आदि सबै कुरालाई आत्मसात गरी मांस चढाई पूजा गर्नुपर्ने देवदेवीलाई मांस चढाई पूजा गर्नु परे पनि कुनै अप्ठ्यारो महशुस नगरीकन यी वज्रयानीहरूले आफ्नै ढंगको पूजा पद्धतिकोविकाश गरी विभेद रहित समाज निर्माण गर्ने उद्देश्य लिएको हुनुपर्छ । किनकि जहाँ विभेद् यी पाँचै प्रकारका मृत प्राणीको मांस उपलब्ध नभएमा तद्तद् प्राणीको मांस कल्पना गरी पीठो आदिको प्रतीकृति बनाउने विधि उल्लेख हुनुबाट वज्रमहाया
वज्राचार्यहरू हिंसा जस्तो जघन्य पाप र प्राणी बलिको अभ्यास गर्छन् भन्ने अफवाह रभ्रम निर्मूल गर्न काफी तथ्यहरू तन्त्रमा उपलब्ध रहेछन् भन्ने बुझ्नुपर्छ । तन्त्र आदिरू यसरी हिंसालाई त्याग्न सिकाएको तथ्य कुरा राम्ररी नबुझिदिँदा अर्थको अनर्थ हुन भने अवश्य गइरहेको छ । यति मात्र होइन, मांसप्रतिको उपर्युक्त अवधारणाबाट गुह्यसमाज जस्तो तन्त्रले हिंसा जस्तो जघन्य अपराध नगर भन्ने संकेत गरेको कुरा कहिँ कतैबाट छिप्न दिनु हुँदैन । विश्वभर नेवार बुद्धिष्ट र मांस भक्षी वज्रयानीहरू, लामा गुरुहरू भन हेय दृष्टिले हेर्ने जन भावना एवं जनगुनासोलाई पनि उपर्युक्त गुह्यसमाज तन्त्रमा उल्लिखित मांस सम्बन्धी कुराले सत्य तथ्य स्पष्ट खुल्न आएको छ, भ्रम र अफवाहहरूलाई खण्डन गरेको छ । तन्त्रमन्त्रका रहस्यपूर्ण कुरालाई बुझ्दै नबुझी नरिवलको रस, फलफूल चढाउने कुरा तन्त्रमा उल्लेख छ भनी पञ्चशीलको मर्म विपरीत ठाकुरालाई प्रचार गर्न लाज नहुने हिंसा र मांस विरोधि बौद्धहरू हामी कहाँ छन् । तर शिराहूति आदिमा भने जटावाल नरिवललाई शिरको प्रतीकृतिका रूपमा प्रयोग हुँदै आएको तथ्यलाई भने नकार्न सकिँदैन ।
तन्त्रका कुरालाई राम्ररी बुझ्दै नबुझिकन दीक्षा आदि गुह्य पूजामा पनि मासंको सट्टा केवल फलफूल प्रयोग गर्ने गराउने तन्त्र मन्त्र विज्ञ गुरू पण्डितहरू पनि आज हामी कहाँ दुर्लभ छैन । हिंसाको विरोध गर्ने तर झुठको खेती गर्नेहरूले बुद्धमार्गीलाई विसंगती र विकृतितिर मोड्दै लगेका छन् । वास्तविक रूपमा भनौ भने तन्त्रमा मृत प्राणीको मांस
मात्र प्रयोग गर्ने निर्देशन प्राप्त हुनुबाट जसरी ड्रग ( लागु) औषधि नै दिएर उपचार गर्ने पद्धति विकसित भए त्यहीअनुसार वज्रयानीहरूले पनि मनुष्यमा रहेको मांस भक्षणप्रतिको तल तल र तृष्णालाई हटाउन पूजा आजामा मृत प्राणी वा पीठोको प्रतिकृतिका मांस महाप्रसादका रूपमा खुवाउने प्रचलन चलाउँदै मासुप्रतिको वितृष्णा एवं वैराग जगाउने पनि प्रयास गरिरहेको हो कि भन्ने आभास हुन्छ । पहिले, पहिले देवदेवीका पूजा बिना मांस खाने प्रचलन विल्कुल छैन भनेको सुनिन्छ । पूर्व सेवा पूजा, मामकी पूजा, चहे सेवा आदि पूजा आजा गरेर मात्र प्रसादका रूपमा मद्य, मांस खाने गरिन्छ । हाम्रो समाजमा अरू बेला मद्य, मांस विल्कुल वर्जित नै थिए । यसरी प्रसादका रूपमा म खाए पनि गुह्यसमाजतन्त्रका उपर्युक्त कुरा अनुसार वज्रयानीहरू कति हिंसा विरोध रहेछन् भन्ने कुरा स्पष्ट हुन आउँछ ।
गुह्य समाजतन्त्र पृ. २७२ र पृ. २७४ मा विविध मांस र मांसबाट लाभ हुने कुराहरू निम्न मूल श्लोकमा यसरी उल्लेख गरिएको कुराहरू पाठकहरूलाई प्रामाणिक रूपले ज्ञान होस् भनी यहाँ केही अंश प्रस्तुत गरिन्छ ।
हस्ति समयमांसेन पञ्चाभिज्ञत्वमाप्नुयात् ।
अश्व समयमांसेनान्तधीनाधिपो भवेत् ॥ ४३ ॥
श्वानसमयमांसेन सर्वसिद्धिप्रसाधनम् ।
गोमांससमयाग्रेण वज्राकर्षणमुत्तमम् ॥४४॥
अलाभे सर्वमांसानां ध्यात्वा सत्वं विकल्पयेत् ।
अनेन वज्रयोगेन सर्वबुद्वैरधिष्ठयते ॥ ४५॥
एवं रितले यी श्लोकको टीकाको अर्थ पं. दिव्यवज्रले यसरी अनुवाद प्रस्तुत गरेको छ- “किसी हे समय खः छाय्धासा सीम्ह जुगुलिं धाःगु खः । वयागु लां पञ्चाभिज्ञा कामना याइम्हेसिनं बलि बिइमाः । अथे हे सलयागु लां अन्तरधानसिद्धि साधना यायेमाः ॥४३ ॥ कर्मयागु भेदं कनातगु लाः दुसा श्वानेत्यादि श्लोकं कनाच्वन । थन खिचायागु ला कनातगु सिद्धि साधना यायेमाः धागु सीकेमा । अथे हे दोष रहितगु गोमांस द्वहलपा वजाः धैगु दुःसाध्यपि राजा आदिपिं (आकर्षण यायेमा ) धागु खः ॥४४
दोष रहितगु मांस लाभ मजूसा विधि कनेत मूलय् अलाभे इत्यादि श्लोकं कनाच्वन । थथे कनातगु लाः लाभ मजूसां नं लाः धका भाः पाः सम्पन्न यायेमाः । अथवा छ्चं आदियागु मनु आदि सीपि घका चयेकातयाम्ह मनू आदियागु ज्यान मदये धुंकल धकाः भाषाः उकियागु अवयवद्वारा साधना यायेमाः । थ्व च्वय् कनातयागु वज्रयोगद्वारा भेदभाव मदुगु उपहार विधि फुक्क बुद्धपिसं अधिष्ठान यानातल । थथे जुगुलिं साधकं इच्छा यागु सिद्धि प्राप्त जुइ ।”
यसरी तन्त्र ग्रन्थमा स्पष्ट उल्लेख भएकाले हिंसालाई बढावा दिई पञ्चशीलबाट भ्रष्ट हुने काम तन्त्रले गर्दैन भन्ने बुझ्नु आवश्यक छ । साथै वज्रयानले केवल प्रतीकात्मक रूपले मांस कल्पना गरी साधना गर्दोरहेछ भन्ने स्पष्ट ज्ञान पनि यसबाट हुन आएको छ ।