साउन २२, सबै प्राणीहरू सुख चाहन्छन् र दुःखबाट मुक्ति चाहन्छन् भन्ने कुरा बुझेर बुद्धले त्रुटिरहित मार्ग देखाउनुभयो र कर्मको शिक्षाद्वारा स्पष्ट पार्नुभयो—कसरी हामीले दुःखको कारण (हेतु) परित्याग गरेर दुःखबाट छुटकारा पाउन सक्छौं, र कसरी सुखको कारण निर्माण गरेर साँचो सुख अनुभव गर्न सक्छौं । दुःखको कारण परित्याग गर्ने र सुखको कारण निर्माण गर्ने हामी आफैंले हो, यसका लागि हामी स्वयं जिम्मेवार छौं ।