मैत्री र करुणा – यी दुई गुणहरूको विकास गर्नु आवश्यक छ । मैत्रीको अभ्यासमा सबै सत्वप्राणीहरू सुखी होउन् र सुखका कारणहरूले युक्त होउन् भन्ने कामना गरिन्छ । जब यस प्रकारको मैत्रीभाव परिपूर्ण हुन्छ, तब करुणाको अभ्यास कठिन हुँदैन । करुणा भनेको सबै सत्वप्राणीहरू दुःख र दुःखका कारणहरूबाट मुक्त होउन् भन्ने कामना हो ।— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १०२ बाट