बौद्धधर्ममा वज्रयान दर्शनको उदयका साथसाथै चैत्य निर्माण विधिमा पनि क्रमश: परिवर्तन आएको देखिन्छ । माथि वर्णित लक्ष चैत्य, सुवर्ण बालुका चैत्य आदि निर्माण गर्ने महायानी चैत्यको प्रचलन हँदासम्म चैत्य बनाउन वास्तु कलाको आवश्यक भएको देखिदैन । त्यस्तै अशोक राजाले सुरु सुरुमा चैत्य निर्माणको थालनी गर्दा पनि खासै वास्तुकलाको आवश्यक भएन होला । त्यति बेला स्तूपलाई मजबूत बनाउन ईंटा, माटा र यःसी भए पर्याप्त हुने कुरा भार त एवं नेपालमा पाइने विविध स्तूपहरू र त्यसको भग्नावशेषहरूबाट अगवत हुन्छ ।
वज्रयानको अभ्यूदयका साथसाथै ११ औं र १२ औं शताब्दीतिर क्रियासंग्रह, क्रियासमुच्चय, निष्पन्नयोगावली आदि ग्रन्थ रत्नहरूले चैत्य निर्माण गर्ने विधिहरूलाई उच्च प्रविधिको वास्तुकला रूपमा विकास गर्दै लगेको अनुमान हुन्छ । यी निर्माण शैलीका साथ साथ स्तूप शब्दको सट्टा चैत्य शब्दको प्रयोग विशेषत गरिन थालेको देखिन्छ ।
यी विद्वानहरूले चैत्य निर्माणको लागि सर्वप्रथम शुद्ध भूमि र उपयुक्त स्थानको आवश्यकतालाई पनि महसुस गर्न थाले । विभिन्न देवदेवीलाई प्रतीकात्मक रूपले परिकल्पना गर्ने ती वज्रयानी विद्वानहरू, मूर्तिकलाका पनि ज्ञाता भएकाले उनीहरूले कुनै पनि मूर्ति वा चैत्य बनाउँदा सूत्रपाटन विधिलाई अपनाउन थाले । सूत्रपाटन विधिलाई आधुनिक ग्राफ सिद्धान्तसँग तुलना गर्न सकिन्छ । यसरी सूत्रपाटन विधिका आधारमा चैत्य एवं मूर्ति बनाउँदा हरेक अंगप्रत्यंग निर्माण हुने हुँदा बौद्ध वास्तुकला एवं मूर्तिकला प्रचूरमात्रामा समानुपातमा लोकप्रिय हुनथाले ।
सूत्रपाटन
जुनसुकै ठाउँमा चैत्य बनाउँदा पनि शुद्ध एवं उपयुक्त भूमिको लेखाजोखा गरी सर्वप्रथम सूत्रपाटन विधि अनुसार सहश्राहुति यज्ञ गरी उक्त ठाउँमा स-सानो लठ्ठी (फोसी कठी)को प्रयोग गरी सूत्रपाटन अर्थात धागोले बाँधी एकाशी कोठा स्थापना गर्ने कार्य हुन्छ । त्यसपछि विज्ञ वज्राचार्यद्वारा ध्यान भावना गरी उक्त एकासी कोठामा क्रमशः सम्बन्धित देवदेवीहरूको अधिष्ठान गरिन्छ । एकासी कोठामा अधिष्ठान गरिने देवदेवीहरूको नाम र स्थान यस प्रकार छन्-
प्रथम पूट अर्थात कोठाको मध्य भागमा महावैरोचन
कोठाको मध्य भाग बाहिर द्वितीय पूटमा निम्न देवताहरू अधिष्ठान गरिन्छ:
१) सत्ववज्री २) रत्नवज्री ३) धर्मवज्री ४) कर्मवज्री ५ ) वज्रलाश्या
६) वज्र माल्या ७) वज्र गीता ८) वज्र नृत्या
द्वितीय पूट वाहिर तृतीय पूटमा १६ देवताहरू अधिष्ठान गरिन्छ :
१) वज्रसत्व २) वज्रराग ३) वज्रसाधु ४) वज्ररत्न, ६) वज्रतेज ७) वज्रकेतु ८) वज्रहास ९) वज्रधर्म १०) वज्रतीक्ष्ण ११) वज्रहेतु १२) वज्रभाष १३) वज्रकर्म १४ ) वज्ररक्ष १५) वज्रयक्ष १६) वज्रसंधि
तृतीय पूट पछि चतुर्थपूटमा निम्न २४ देवदेवीहरू अधिष्ठान गरिन्छः
१) वज्रगन्धा २) वज्रमैत्रेय ३) अमोघदर्शि ४) वज्रांकूश ५) सर्वपापंजह ६) सर्व शौकतमोनिर्घातनमति ७) वज्रधूपा ८) वज्र गन्धहस्ती ९) वज्रसुरंगम १०) वज्रपाश ११) वज्र गगणगंज १२) वज्र ज्ञानकेतु १३) वज्र पुष्पा १४) अमृतप्रभ १५) चन्द्रप्रम, १६) वज्र स्फोट १७) वज्र भद्रपाल १८) वज्र जालिनीप्रभ १९) वज्र दीपा २०) वज्रगर्भ २१) वज्र अक्षयमती २२ ) वज्रावेश २३) प्रतिभानकूट २४) समन्तभद्र
चतुर्थ पूट बाहिर पंचम पूटमा बत्तीस निम्न देवताहरू अधिष्ठान गरिन्छ:
१) माहेश्वर २) उष्णीय चक्रवर्ती ३) ब्रम्हा ४) आखण्डल ५) मेघोत्कार ६) बुद्ध ७) वज्र दण्ड ८) वज्रज्वालानलार्क ९ ) अग्नि १०) वज्रपाताल ११) अमृतप्रिय १२) रक्तांग कुमार १३) यम १४ ) अपराजित १५) वज्र काल १६) असुर १७) राक्षसाधिपति १८ ) नाग १९) पृथ्वी २०) वज्रोष्णीष २१) वरुण २२ ) असुरोत्तम २३) ज्योतिकेतु २४) कृष्णवर्ण- २५) वायु २६) महाकाल २७) भोगास्पद २८) कुवेर २९) शितांग ३०) वज्रकुण्डली ३१) वज्र हुंकार ३२) वज्र भीषण
यी उपर्युक्त एकाशी देवदेवीहरूका अतिरिक्त उक्त सूत्रपाटनको चारै दिशामा १०, १० वटा निम्न देवदेवीहरूको पनि अधिष्ठान गरिन्छ ।
पूर्व दिशामा (इशान कोणदेखि )
(१) प्रमुदिता, २) विमला, ३) प्रभाकरी, ४) अर्चिष्मती, ५) सुदुर्जया, ६) अभिमूखी ७) दुरंगमा, ८) अचला, ९) साधुमत्ती, १०) धर्ममेघा ।
पश्चिम दिशा (नैऋत्य कोणदेखि )
(१) आयुवशिता, २) चित्रवशिता, ३) परिष्कार वशिता, ४) कर्म वशिता, (५) धर्मवशिता, ६) ऋद्धिवशिता, ७) अधिमुक्ति वशिता, ८) प्रणिधिवशिता, ९) ज्ञान वशिता, १०) धर्मवशिता ।
दक्षिण दिशामा (आग्नेय कोणदेखि )
१) दान पारमिता, २) शील पारमिता, ३) क्षान्ति पारमिता, ४) वीर्यपारमिता, ५) ध्यानपारमिता, ६) प्रज्ञापारमिता, ७) उपाय. पारमिता, ८) प्रणिधिपारमिता, ९) बल पारमिता, १०) ज्ञान पारमिता ।
उत्तर दिशामा (वायव्य कोण देखि)
१) वसुमती, २) रत्नोल्का, ३) उष्णीष विजया, ४) मारिची, ५) पर्णशवरी, ६) जाङ्गुली, ७) अनन्तमुखी, ८) चुन्दा, ९) प्रज्ञावर्धनी, १०) सर्वबुद्ध कोषवती ।
यसरी सूत्रपाटन (वास्तुपेने) विधि अनुसार सबै दिशामा क्रमश देवदेवीहरूलाई अधिष्ठान गरी सकेपछि चैत्य स्थापनाको प्रथम चरणको पूजा पूर्ण हुन्छ । अनि यसरी सूत्रपाटन गरेर उक्त ८१ कोठाको ठाउँमा चारदिनपछि एउटा गौमाता (गाई) ल्याई कुल्चन लगाएर भट्काउन दिई ती सबै नदीमा सेलाउन पठाइन्छ ।
पादस्थापना
सूत्रपाटन कार्य पछि नौ वटा तामाका कलशहरूमा विभिन्न जडीवुटी राखी तीर्थको शुद्ध बालुवा भरी सेतो कपडाले छोपी कुम्हका: (धागो) ले बाधी तामाकै थालमा राखिस्थापना गरीन्छ । अनि त्यसमाथि पाँच-पाँच वटा ईंटाले घेरी, नौ वटा छुट्टाछुट्टै प्वालहरू बनाइन्छ र त्यसमाथि हरेक प्वालमा माटोको डल्लो राखि सुन-चाँदीको कछुवाहरू र कमलहरू पनि नौ-नौ वटा स्थापना गरिन्छ । २९
२९. डा. नरेशमान वज्राचार्य- पादस्थापना र रत्नन्यास पृ. ३
त्यसपछि राम्रो साईत हेरी सहस्राहुति होम गरी नाग साधन गरिसकेपछि चैत्य निर्माण कार्य सुरु हुन्छ । वास्तुकलाविद्हरूले सिंढी, नागो, छेपु तथा पद्मावली ( पदमाकार) आदि स्थापना गर्छन् । केवल पंचबुद्ध र गर्भगृह स्थापना गर्ने कार्य बाकि राखेको हुन्छ ।
रत्नन्यास
आदि गरी धर्मधातु मण्डल वा वज्र फेरि शुभलगन हेरि होम पूजा धातुमण्डलको मन्त्राक्षरयुक्त धातुमय पिण्डीका मण्डलमा मन्त्राक्षरका साथै धातुका बोध्यङ्गमुद्राको वैरोचन बुद्धको प्रतिमा स्थापना गरिन्छ र यसलाई छोपी त्यसमाथि चैत्यगर्भ एवं पंचबुद्धको मूर्ति आदि पनि स्थापना गरिन्छ । वज्रधातु चैत्य निर्माण गर्ने भए वज्रधातु मण्डलका त्रिपन्नवटा देवदेवीहरूको मन्त्राक्षर युक्त पिण्डीका मण्डल चैत्य भित्र स्थापना गरिन्छ । यदि धर्मधातु चैत्य बनाउने हो भने दुई शय सातवटा देवदेवीहरूको मन्त्राक्षरयुक्त पिण्डीकामण्डल चैत् भित्र राखी चैत्य निर्माण गरिन्छ । धर्मधातु चैत्यको पिण्डीकामा भने ब्रह्मा,
विष्णु आदि र यिनका शक्ति ब्रम्हायणी आदिका साथै नवग्रह देवताहरू, नागहरू, पर्वतराजहरू, यक्षराजहरू, नक्षत्रदेवीहरू, दिक्पालहरू, क्रोध भैरवहरू, धारणीदेवीहरू तथा चतुप्रतिसंविध देवदेवीहरूका मन्त्राक्षर पनि समावेश गरिएका हुन्छन् । वज्रधातु मण्डलमा विशुद्ध वज्रयानी देवदेवीका मन्त्राक्षरमात्र पिण्डीका मण्डलमा समावेश गरिएका हुन्छन् । अतः धर्मधातु मण्डलले नि:स्वभावतालाई अंगालि सर्वधर्म समन्वयको सिद्धान्त अपनाएको छ भने वज्रधातु मण्डलले अलिकति साम्प्रदायिकतालाई अंगालेको छ कि भन्ने हामीलाई प्रत्याभू हुनु अत्यन्त नैसर्गिक मान्न सक्निछ । हुनत एघान्हौं शताब्दीका आचार्य कुलदत्तले आफ्नो क्रियासंग्रहमा धर्मधातु स्तूप निर्माण गर्ने विधि उल्लेख गर्दासम्म यी विभिन्न देवदेवीहरूको आविष्कार नभएको वा उल्लेख नहुनुबाट धर्मसमन्वयलाई वज्रयान दर्शनले कसरी समय सापेक्ष भई महत्व दिदै गएको रहेछ भन्ने कुरा स्वत: अनुमान हुन्छ । किनभने क्रियासंग्रहमा वर्णित उक्त धर्मधातु स्तूपमा पंच बुद्ध एवं अरू देवदेवीहरू समेत स्थापना गर्ने कुरा वर्णन गरेको पाइँदैन । अतः चैत्यमा बुद्ध, बोधिसत्व एवं अन्य देवदेवीहरू धेरै पछि मात्र स्थापना गर्ने प्रचलन चलेको ज्ञात हुन्छ ।
प्रतिष्ठा विधि
घरी सम्पूर्ण निर्माण क्रिया र रत्नन्यास गरीसकेपछि चैत्यलाई सत्व, (या) प्रदान गर्न प्रतिष्ठा विधि गरिन्छ । वज्रयानी सिद्धान्त अनुसार यसरी विधिविधानपूर्वक प्रतिष्ठा नगरेसम्म देवदेवताहरूको स्वरूप आरोहण दैन भन्ने जनआस्था रहिआएको पाइन्छ । अतः जबसम्म चैत्य प्रतिष्ठा गरिदैन तबसम्म चैत्यमा जीव (न्यास) हुँदैन ।
यसरी विभिन्न विधिद्वारा निर्माण गरिएका चैत्यलाई वज्रधातु मण्डल र धर्मधातुमण्डल युक्त गरी तद्तद् मण्डलका देवदेवीहरू समावेश गरी चैत्यलाई चैत्य र धर्मधातु चैत्य भनी वर्गीकरण गर्ने चलन छ । जुन कुरा वज्रधातु निष्पन्न योगावली आदि देवदेवताको ध्यान, मण्डल सम्बन्धी ग्रन्थमा विशद वर्णन गरेको पाइन्छ । यी वज्रधातु मण्डल एवं धर्म धातुमण्डल चैत्यको बाहिर नदेखिने गरी समावेश गरिने हुँदा साधारण जनसमाजले यो वज्रधातु चैत्य, यो धर्मधातु चैत्य भनेर छुट्याउनु संभव छैन । जुन तथ्यलाई दृष्टिगत गरी स्व. रत्नकाजी वज्राचार्यले देवता नभएका ख: प्वाल मात्र भएको तथा पंचबुद्ध र आर्यताराहरू समेत भएको चैत्यलाई विभिन्न शिलापत्रका आधारमा धर्मधातु चैत्यको संज्ञा दिनुपर्ने कुरा व्यक्त गरेको छ भने यो भन्दा बेग्लै खः प्वालका साथै आर्यताराहरू नभएको पंचबुद्धमात्र भएको चैत्यलाई वज्रधातु चैत्य संज्ञा दिएको पाइन्छ ।
यद्यपि स्वयम्भू महाचैत्यलाई धर्मधातु चैत्य र श्रीघः को ताराहरू नभएको चैत्यलाई वज्रधातु चैत्य संज्ञा दिई आएको देखिन्छ । यी उपर्युक्त वज्रयान संप्रदायका वज्रधातु र धर्मधातु चैत्य बाहेक ‘वसुबन्धु चैत्य’ का नामले प्रख्यात चैत्यहरू पनि नेपाल उपत्यकामा उपलब्ध छन् । सुनिन्छ, चैत्यभित्र राखिने वज्रधातुमण्डलका देवदेवीहरूको मूर्ति गर्भगृहको चारै तिर स्थापना गरी चैत्य निर्माण गर्ने बौद्ध दार्शनिक वसुवन्धु आचार्यको क्रान्तिकारी कदम अनुरूप उक्त चैत्यहरूलाई वसुवन्धु चैत्य नामाकरण गरिएका हुन् भन्ने बौद्ध विद्वानहरूको भनाई रहेको छ ।