काठमाडौं । स्थानीय किसानहरूको अर्गानिक उत्पादन र पहिचानलाई प्रचार र प्रसार (celebrating) गर्ने उद्देस्यले यहि १३ ,डिसेम्बर २०२५ (मंसीर २७ शनिवार) दिनमा हेलम्बु किवी फेस्टिभल -२०२५ महोत्सव उत्पला क्याफेमा हुँदैछ।
महोत्सवमा हेलम्बुमा उत्पादन हुने ताजा किवीसँगै आलु, ठूलो सिमी, मुला, गुन्द्रुक, अचार तथा अन्य मौसमी अर्गानिक उत्पादनलाई बजारमा उपभोक्ता समक्ष सहि जानकारी यस विशेष अवसरमा मिल्ने आयोजकले बताए।
स्थानीय समुदायका कृषि उत्पादन,स्थानीय संगीत संस्कृति, घरायसी परिकारहरू लाई एकै स्थानमा राख्दै किसानका सफलताका कथाहरू पनि रहने कार्यक्रमको आयोजना बाट समुदायहरूबीचको सहकार्यले एक आपसमा सम्बन्ध अझ बलियो बनाउन सघाउने छ।
साथै उत्साहका साथ मनाइने यस्ता महोत्सवको आयोजना बाट हेलम्बुको उत्पादनहरूलाई देशभर फैलाउने महत्वपूर्ण भूमिका खेल्ने बिश्वास आयोजकले लिएको छ।