
काठमाडौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी बोका विक्री शूरु गर्ने जनाएको छ ।
दशैको निम्ति कम्पनीले खसी बोका रु.६७० रुपैँया मूल्य निर्धारण गरको छ भने केजीमा १० रुपैयाँ छुट दिएर ६६० रुपैयाँ लिने बताएको छ।
यस्तै च्याँग्राको भने १ हजार २३० रुपैँयाँ प्रतिकिलो मूल्य कायम गरिएको छ । यसमा पनि १० रुपैयाँ छुट दिएर १ हजार २२० रुपैयाँमा विक्री गरिनेछ । शनिवारसम्म २०८ खसी बोका आइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यापानेले जानकारी दिएकी छिन् ।
उता निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि नै खसी बोका विक्री थालेका छन् ।

