काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने घोषणा गरेका छन् ।
तिहाड जेलबाट छुटेको दुई दिनपछि आइतबार आम आदमी पार्टीको मुख्यालयमा आयोजित कार्यक्रममा उनले अबको दुई दिनपछि राजीनामा दिने बताएका हुन् ।
सर्वोच्च अदालतको आदेशमा धरौटीमा छुटेपछि भने केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।