
काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक आज बिहीबार अपराह्न ३ बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
भोटेकोशी बाढीपछि सरकारले उद्धार र राहतको काम गरिरहेको छ । प्रधानमन्त्री शाहले हिजो मात्रै प्रतिनिधिसभामा बाढीबारे सम्बोधन गरेका थिए ।
उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को बैठकले थप निर्णय लिने विश्वास गरिएको छ ।

