
काठमाडौँ । कोशी प्रदेश, झापाको बिर्तामोडस्थित होटल किङ्सबेरी,धुलाबारीस्थित क्यासिनो भेगास,भैरहवास्थित क्यासिनो टाइगर प्यालेस, बिर्तामोडस्थित क्यासिनो सेभेन हर्सेसका तर्फबाट अध्यक्ष श्री रवि शर्मा धितालले रू एक करोड, एघार लाख, एघार हजार, एकसय एघार अर्थमन्त्री डा.स्वर्णिम वाग्ले मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरे ।
यसै विषयमा पत्रकारहरूसित कुरा गर्दै अध्यक्ष धितालले यस्तो वीभत्स विपद्का भुमरीमा परी दिवङ्गत हुनुभएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण र घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुपर्ने बताए ।साथै, सबै उद्योगपति तथा अन्य सबै सर्वसाधारणले समेतले मानवीयताका दृष्टिले आआफ्नो कर्तव्य ठानी नेपाल सरकारका आह्वानमा जो सकेको सहयोग गर्नुपर्ने उनले जोड दिए ।
