
काठमाडौँ । रसुवाको बाढीमा परी बगाएका सात जनाको शव फेला परेको छ।
बुधबार सात जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी दिपक रेग्मीले जानकारी दिए।
उनका अनुसार नुवाकोटमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो।
अहिले उक्त बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र प्रहरीको टोली खटिएको छ।

