
काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको निबन्धकृति ‘आगोको बीउ’ प्रकाशनमा आएको छ ।
यसभन्दा पहिले उनका नौ वटा नियात्रासंग्रह र १० वटा निबन्धका पुस्तक प्रकाशित भइसकेका छन् ।
यसभित्र २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ । नयाँघरेको यो संग्रहलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।








