
ललितपुर । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।
पक्राउ पुर्जीको मागसहित ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो । “हिजो (भदौ १) पनि आएका थिए । आज मंगलबार पनि पक्राउ पुर्जीको माग लिएर आए । आवश्यक कागजातविना यत्तिकै पक्राउ पुर्जी जारी गर्न नमिल्ने भनेर प्रहरीलाई फिर्ता गरिएको हो,” ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।
पक्राउ पुर्जी जारी नगर्न माग गर्दै पत्रकार श्रेष्ठले आजै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । पक्राउ रोक्न अन्तरिम आदेशको माग गर्दै श्रेष्ठ अदालत पुगेका हुन् ।उपसभामुख ठाकुरले पत्रकार श्रेष्ठविरुद्ध दिएको जाहेरीमा पक्राउ पर्नसक्ने आशंकाका आधारमा रिट दायर भएको हो ।
सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न सोमबार मात्रै परमादेश दिएको थियो ।






