
काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ ।
काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला सुरु भएको हो । भेलाको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
राष्ट्रिय भेलामा कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत नेताहरू सहभागी भएका छन् ।
संस्थापनइतर समूहले पार्टीभित्र देखिएको विवाद, आगामी रणनीति र संगठनात्मक विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको हो ।

