
काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डंगोल निर्वाचित भएका छन् । गत शनिबार भएको साधारण सभाबाट आगामी दुई बर्षको लागि डंगोल अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनी ७२८ मत सहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी प्रश्रय राजभण्डारीले ३६५ मत प्राप्त गरे । यसैगरी प्रथम उपाध्यक्षमा राजीव पाण्डे,द्धितिय उपाध्यक्षमा दावाङ(दावा) तामाङ,तृतिय उपाध्यक्षमा रमेश थापा निर्वाचित भए ।
यसैगरी महासचिवमा पशुपति कँडेल,सचिवमा दिलीप कँडेल र कोषाध्यक्षमा किन्चु लामा भुटिया श्रेष्ठ निर्वाचित भए ।
यसैगरी परिषद्को सदस्य पदमा सुरेन्द्र डंगोल,बालकृष्ण खनाल,सानुकाजी महर्जन,विश्वमान प्रधान,लिजा मानन्धर,कृष्णबहादुर सेढाँई र चन्द्रा तामाङ निर्वाचित भएको नव निर्वाचित सदस्य विश्वमान प्रधानले इखवर नेटलाई जानकारी दिए ।


