
काठमाडौँ।कैलालीमा कटेनी नदीमा बाढी आएको छ ।
कटेनी नदी, रतनपुर जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने बताएको छ ।
आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको उच्च जोखिम रहेको छ ।


