काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। सोमबार बिहान बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा पनि भएको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि हुनेछ ।
सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र सबै प्रदेशमका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।