
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गभर्नर महाप्रसाद अधिकारीसहितसँग छलफल गरेको छ। छलफलका क्रममा अअर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्त्वका साथ हेरिरहेको बताए ।अर्थमन्त्रीले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए ।
राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसाब किताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिएको थापाले जानकारी दिए ।
यसअघि पनि विभिन्न सरोकारवाला र व्यक्तिहरुसँग छलफल गरेको समितिले निष्कर्ष सहितको प्रतिवेदनलाई अन्तिम प्रारुप दिने तयारीमा जुटेको पनि संयोजक थापाले बताए ।



