
काठमाडौँ।नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको छ।
कांग्रेसले असोजमा १५ औं महाधिवेशन गर्दैछ।
महामन्त्रीसमेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ।
‘वडा र क्षेत्रीय सभापतिहरूको मागअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गर्ने निर्णय भएको छ,’
कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको जनाएको छ।
यसअघि कांग्रेसले साउन २० गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको थियो। नयाँ सदस्यता वृद्धि गर्न ७७ जिल्लामै केन्द्रीय प्रतिनिधिहरूसमेत खटाइएको पार्टीले जनाएको छ।
कांग्रेसले ३५ वर्षमुनिका युवाहरूलाई पार्टीमा क्रियाशील सदस्य बनाउन प्राथमिकता दिने गरी काम अघि बढाएको छ।
