
काठमाडौँ।स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अष्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनका लागि मिकेल ओर्याजबलले दुई गोल गरे । उनले खेलको ३४ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाए ।
८८ औँ मिनेटमा उनले अर्को गोल गरे । विश्वकपमा उनको गोल संख्या चार पुगेको छ ।
दोस्रो हाफको ६६ औँ मिनेटमा पेड्रो पोरोले गोल गरेका थिए । स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको खेलबाट विजयी हुने टोलीसँग खेल्नेछ ।
