काठमाडौँ । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
अझैपनि १३ जिल्ला साक्षरता घोषणा हुन बाँकी नै रहँदा ८ सेप्टेम्बर २०२४ का दिन दिवस मनाइन लागिएको हो ।
घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्लाहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन्। त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन्।हालसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका प्रवक्ता वसन्त कोइरालाले जानकारी दिए । दिवसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिवसको अवसरमा २३ भदौमा कार्यक्रम गर्न लागिएको उनले बताए।
साक्षरताका लागि विभिन्न १२ सूचकहरू तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख् र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अङ्क अक्षर लेख्न सक्ने, १ देखि १०० सम्म गणना गर्न सक्ने रहेका छन्।
आगामी वर्ष सम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी आजीवन सिकाइका अवसरहरु सुनिश्चित गर्ने उद्देश्य लिएको पनि प्रवक्ताले बता्ए ।