
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् । साथै उनले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको समेत बताए।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले कम्युनिस्ट आवश्यकता विगतदेखि नै भए पनि बीचमा ‘सिङजुरो’ पलाएर रोकिएको टिप्पणी गरे ।
मदन भण्डारीको ७५औँ जन्मजयन्तीका सन्दर्भमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै नेता खनालले भने,‘मदन भण्डारी र जीवराज आश्रितको हत्या षडयन्त्रपूर्ण र कायरतापूर्वक गरिएको हो’, खनालले भने, ‘ती हत्यारा को हुन्, कसले गरेको थियो र? त्यो पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ ।’
उनले जसरी मदन र जीवराज आश्रितको हत्याको षडयन्त्र रचियो त्यो नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने घोर षडयन्त्र र कायरता रहेको बताए । उनले त्यस्तो षडयन्त्र अझै जारी रहेकाले सतर्क हुन जरुरी रहेको पनि बताए ।